काठमाडौं। महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको बागमती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको आर्यघाट, बागमती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो।
यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। बागमती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी महाशिवरात्रिका लागि तयारी गरिएको हो। सफाइबाट सात मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको छ।
सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नायिका करिश्मा केसी मानन्धर, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौं महानगरपालिका वातावरण विभागका कर्मचारी, पशुपतिक्षेत्र विकास कोषका कर्मचारी, अधिकारसम्पन्न बाग्मती समितिका कर्मचारी र बाग्मती सफाइ अभियानकर्मीको सक्रियता रहेको बताइएको छ।