काठमाडौं। प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ। मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक–पटक सारिएको बैठक आज बस्न लागेको हो।
यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो। संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो। तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो।
१३ गते पनि बैठक बस्न सकेन। सूचना टाँस गरेर आजसम्म सारिएको हो। आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।