लमजुङ। बेंसीशहर नगरपालिका–५ नाल्मास्थित ऐतिहासिक लाङ्दीदेवी मन्दिर जाने रेलिङसहितको सिँढीमार्ग निर्माण भएको छ। बेंसीशहर नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयको सक्रियातामा मन्दिरसम्म जाने रेलिङसहित पक्की सिँढी निर्माण गरिएको हो।
उक्त रेलिङसहितको सिँढीमार्गको बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेका हुन्। धार्मिक एवं ऐतिहासिक रूपमा प्रख्यात रहेको उक्त क्षेत्रको विकासका लागि ढिलै भए पनि थालनी भएको काम स्थानीयको सक्रियतामा सफल भएको बताइएको छ।
सिँढी निर्माणका लागि नगरपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट करिब तीन महिनाको अवधिमा निर्माणकार्य सम्पन्न भएको लाङदीदेवी रेलिङसहित सिँढीमार्ग निर्माण समितिले जनाएको छ।