गुल्मी। रेसुंगाको सिमीचौर विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेकाले गुल्मेलीको जहाज चढ्ने सपना १५ वर्षपछि पूरा हुने भएको हो।
तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले २०६३ सालमा विमानस्थलको शिलान्यास गरेका थिए। विमानस्थल गुल्मीको पहिचानसँग जोडिएको छ। विमानस्थल अन्तिम चरणमा पुगेपछि लामो समयको पर्खाई पछि जहाज चढ्ने सपना पुरा हुने भएकाले स्थानीय निकै खुशी भएको बताउछन्।
गुल्मीसँगै अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पा र रोल्पाका नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। उक्त विमानस्थल १ सय ७८ रोपनीमा फैलिएको छ। सो विमानस्थलमा २८ करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ।