काठमाडौं। एमसीसी सम्झौता प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ।अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता अनुमोदन गरियोस् भनी राखेको प्रस्ताव संसदको ध्वनीमतले अनुमोदन गरेको हो।
त्यसअघि एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा अर्थमन्त्री शर्माले सरकारले एमसीसीमाथि व्याख्यात्मक घोषणामार्फत प्रष्ट पारेकाले भ्रममा नपर्न आग्रह गरेका थिए ।
एमसीसी अनुमोदन गरेसँगै सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।