काठमाडौं। भोजपुरको पर्यटकीय क्षेत्र छाँगे झर्नामा पर्यटन प्रर्वद्धन तथा विकासको लागि गुरु रिन्पोछेको मुर्ति निर्माण भएको छ। करिब १३ फिट अग्लो गुरु रिन्पोछेको मुर्ति निर्माण भएको हो।
गोले परिवारको आर्थिक सहयोग तथा देशु गोलेको संयोजकत्वमा झर्नाको दायाँतर्फको भागमा उक्त मुर्ति निर्माण भएको छ। १ सय ३९ मिटर उचाई रहेको यस झर्ना भोजपुरको सबै भन्दा अग्लो झर्ना हो। सोही झर्नामामा १३ फिट भन्दा अग्लो मुर्तिको विधिवत रुपमा १५ गते शनिबार अनावरण गरिएको थियो।
यस क्षेत्रलाई छाँगे धाम भनेर पनि चिनिन्छ। बुवा आमाको सपना आफ्नो जन्म भुमिमा केहि गर्ने भएको कारणले परिवार नै मिलेर उक्त मुर्ति निर्माण गरिएको बताइएको छ। धार्मिक आस्थाले आउने पर्यटकहरुको लागि छाँगे धाम भएको र मनोरञ्जनका लागि आउने पर्यटकहरुको लागि झर्ना भएको कारण यो मुर्तिले थप धार्मिक क्षेत्रको आभास दिने भएको छ।
आफ्नो जन्मस्थान भएको क्षेत्रलाई केहि विकासको क्षेत्रमा केहि सहज होस साथै बुवा आमाको सपना पुरा गर्न मुर्ति स्थापना सहयोगदाताले बताएका छन्। यस क्षेत्रलाई अझ सडक र झोलुङ्गे पुलहरुको थप व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने देखिन्छ।