महोत्तरी। महोत्तरीको मटिहानीमा मस्जिद निर्माण गरिएको छ। मटिहानी नगरपालिका–६ पश्चिम टोलमा ४० लाख लागतमा अत्याधुनिक पूर्वाधारसहितको मस्जिद निर्माण गरिएको हो।
महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरको संसदीय साझेदार पूर्वाधार विकास कार्यक्रम र स्थानिय मुश्लिम समुदायको संयुक्त लगानीमा मस्जिदको निर्माण गरिएको छ।
मस्जिद निर्माणले मुस्लिमहरुलाई धार्मिक कार्य गर्नका लागि चौतर्फीरुपमा सहयोग पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। मुस्लिमहरुको भगवान अल्लाहको घर एवं आस्थाको केन्द्रको रुपमा रहेको मस्जिद विकासले नगर चौतर्फीरुपमा विकासको पथमा अगाडि बढेको आभास भएको नगरप्रमुख मण्डलको भनाइ छ।