काठमाडौं। इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको छ। आईओसीले फेरि मूल्य बढाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो।
नयाँ मूल्यसूचीमा सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ। यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ।
मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।