काठमाण्डौंको गहनाको रुपमा रहेको घण्टाघर सरकारले पुनर्निर्माण गर्ने भएको छ। पुनर्निर्माण प्राधिकरणका अनुसार तिहारलगत्तै प्रकृया सुरु गर्ने तयारी भइरहेको छ।
मुलुकै सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रवन्ध २५ भदौमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरको बजेटको प्रतिस्थापन विधिेयकको बुँदा नम्बर ४३ मा उल्लेख गरिएको छ। भत्काएर सकिना साथ पुनर्निर्माणको काम सुरु गर्ने तयारी भइरहेको छ।
अधिकारीहरुका अनुसार तिहार लगत्तै भत्काउने प्रकृया सुरु गरेर ०७८ साल भित्रमै नयाँ निर्माणको लागी शिलन्यास गर्ने तयारी भइरहेको घण्टाघरको पुनर्निर्माणमा लगभग ४० करोड खर्च हुने अनुमान गरिएको छ। उनिहरुका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले धरहरा पुनर्निर्माण गरेर मतदाताको ध्यानाकर्षण गरेको अनुमान गरिएको छ। यही अनुसार हाल सरकारले घण्टाघर पुनर्निर्माणको काम सुरु गर्ने हो भने यसबाट कुनै पनि प्रकारको सकारात्मक प्रभाव आउदो स्थानीय र आम निर्वाचनमा पर्न सक्ने कुरा थाहापाएर प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा पनि सक्दो छिटो घण्टाघर पुनर्निमाण सुरु गर्नेछन्।
विनाशकारी भुकम्पले केही मात्रामा क्षती पुगेको घण्टाघर पुनर्निर्माणको लागी पुरातत्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार गरिसकेको छ। यसलाई ओली नेतृत्वको मन्त्री परिषद्ले स्विकार गरिसकेको छ। तयार भएको डिपीआर अनुसारनै घण्टाघरको पुनर्निर्माण गरिने बताइएको छ।
उक्त डिपीआर अनुसार पुनर्निर्माण हुने घण्टाघरको उचाई र स्वरुप पहिलाकै रहने छ। प्राधिकरणका अधिकारीहरुका अनुसार निर्माण कार्य सुरु भएको डेढ वर्षमा निर्माणका काम सकिने छ भने पुनर्निर्मित घण्टाघर अहिलेकै स्थानमा रहने छ। उक्त घण्टाघरको निर्माण पछि यँहा वरिपरिका स्थानीय, त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी सबैले आनन्दले बस्न पाउने छन। पुनर्निर्मिाण पछि काठमाण्डौंको गहनाको रुपमा घण्टाघर पुनः सुन्दर देखिने छ।