काठमाडौं। मण्डला थिएटरको नयाँ भवन तयार भएको छ। अनमानगरबाट थापागाउँ सरेपछि मण्डला थिएटर आजबाट पुनः शुरु हुन लागेको छ ।
थिएटरको नयाँ भवन निर्माणका लागि ८ करोड लागनमा लागेको मण्डला थिएटरकी संस्थापक अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिइन्।
‘रोबन’ नाटक मञ्चन गर्दै मण्डला थिएटर नयाँ भवनबाट शुरु हुन लागेको छ। राजन खतिवडाले निर्देशन गरेको नाटकमा एक वर्ष अगाडि मण्डलाबाट पास आउट भएका विद्यार्थीको अभिनय रहेको मण्डला थिएटरकी संस्थापक सिर्जना सुब्बाले जानकारी दिएकी छन्।