काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकै पटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
योसँग्ै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।
आयल निगमले यस पटक खाना पकाउने ग्यासको मूल्य भने वृद्धि गरेको छैन। पेट्रोलियम पदार्थको मूल्यमा यति वृद्धि गरेपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने निगमको भनाइ छ।
निगमले विज्ञप्तिमा उल्लेख गरेअनुसार फागुनसम्म मात्रै २८ अर्ब नोक्सानी हुने देखिएको छ ।
