काठमाडौं। सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई ५ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई ५ वर्ष भित्रै सम्पन्न गर्ने निर्णय गरेको हो।
बैठक पछि संचारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ५ वर्ष भित्रमा करिब ३ सय १५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गर्ने लक्ष्य रहेको जानकारी दिए ।
मुलुकको विद्यमान गरिबी निवारण गरी देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउन सरकार प्रतिवद्ध रहेको उनको भनाई छ।