काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षालाई थप मजबुत बनाउन विमानस्थलको चारकिल्ला क्षेत्रमा नयाँ तारबार लगाउन सुरु गरिएको छ। चारकिल्लाको तारबार कमजोर भएकाले अनाधिकृत व्यक्ति विमानस्थल परिसरमा प्रवेश गरेपछि तारबारले घेर्न सुरु गरिएको हो।
विमानस्थलको बाहिरी तारबार नाघेर नै फागुन ९ गते एक व्यक्ति राहदानीबिना नै काठमाडौँबाट दोहा जाने तयारीमा रहेको नेपाल वायुसेवा निगमको विमानमा प्रवेश गर्न सफल भएका थिए। त्यसपछि निगमले विमानस्थलका सुरक्षा प्रमुखलाई निलम्बन गरिसकेको छ भने गृह मन्त्रालयले छानबिन समिति गठन गरेर नै सो घटनाको अनुसन्धान गरिरहेको छ।
धेरै वर्षअघि विमानस्थलको चारकिल्लामा लगाइएको तारबार कमजोर बन्दै गएकाले नयाँ तारबार लगाउन सुरु गरिएको बताइएको छ।