रुपन्देही। गृहमन्त्री बालकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरेका छन्। नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिवार गृहमन्त्री खाँणले शिलान्यास गरेका हुन् ।
गृहमन्त्री खाँणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्यएका थिए । मन्त्री खाँणले चक्रपथको दिगो स्ट्रक्चर निर्माण सहित यो क्षेत्रको विकास मा कन्जुस्याइँ नगरिने बताए । चक्रपथ निर्माणमा आफूले सरकारको तर्फबाट बजेटको कमी हुन नदिने समेत उनले प्रतिबद्धता जनाए ।
तिलोत्तमा चक्रपथ महात्वकांक्षी योजनामा पर्छ । निर्माण पछि देशभरका स्थानीय तह मध्ये तिलोत्तमा चक्रपथ पहिलो हुने छ । चक्रपथ तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका, देव दह नगरपालिका, रोहिणी गाउँपालिमाको मध्यभागमा पर्नेछ ।
गृहमन्त्री खाँणले चक्रपथको बजेटको लागि सरकारबाट मात्र नभई वैदेशिक दात्री निकायसँग सहयोगको लागि पहल गर्ने बताए।