काठमाडौं। निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा ८० किलोमिटर सडक कालोपत्र गर्ने तयारी भएको छ। उक्त स्थानको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उक्त कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा दश किलोमिटर सडक कालोपत्र हुने भएको हो।
प्रत्येक निर्वाचन क्षेत्रमा दश किलोमिटर सडक निर्माणका लागि रु २५ करोडका दरले सङ्घीय सरकारबाट बजेट विनियोजन भएको बताइएको छ। चालु आर्थिक वर्षबाट काम थाल्ने गरी कञ्चनपुरका तीन वटा र कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको छ।
त्यसैगरी पछिल्ला वर्षमा कैलाली र कञ्चनपुरमा सडक, पुललगायतका पूर्वाधार निर्माण धमाधम भइरहेका छन्। सडक डिभिजन महेन्द्रनगर अन्तर्गत अहिले कञ्चनपुर र कैलालीमा गरी २२ वटा पक्की पुल निर्माणाधीन अवस्थामा छन्।