पोखरा। पोखरा–जोमसोम रुटमा नियमित उडान सुरु भएको छ । आइतबारदेखि तारा एयरले पोखरा–जोमसोम रुटमा उडान सुरु गरेको हो ।
कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो । आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ ।
यसमा भारतीय नागरिक र केही विदेशी यात्रु बढी उडेको समेत कम्पनीको भनाइ छ । यो रुटमा ताराले दैनिक उडान गर्ने भएको छ । खासगरी मुक्तिनाथ जाने यात्रु यो रुटमा हुने उडानबाट लाभान्वित हुनेछन् ।