पर्वत। पर्वत जिल्लामा नेपालकै पहिलो सिसाको आकाशे पुल (स्काईब्रिज) निर्माण भएको छ। कुश्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सोमबारदेखि संचालनमा आएको हो ।
स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे। उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरुका लागि अभिसाप बनेको भएपनि अहिले बरदान सावित भएको बताए । उनले कालीगण्डकी खोजमा बनेका र बन्दै गरेका साहसिक पर्यटकीय खेलहरुले अहिले पर्वत जिल्लाको मात्रै नभई समग्र नेपाल साहसिक खेलको गन्तब्यका रुपमा विकास हुँदै गएको बताए ।
हार्नेस जिपलाईन प्रालि कुस्माले टिकटक पारखीहरुका लागि लक्षित गरेर मुलुकमै पहिलो पटक स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुबै लिन सक्ने गरि पुल बनेको छ ।