काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा हुँदैछ। आगामी फागुन २७, २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महासंघको साधारण सभा हुने भएको हो।
साधारण सभामा महासंघको विधान–२०५४ बमोजिम कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको फागुन २९ गते आइतबार निर्वाचन हुने महासंघले जनाएको छ। २७ गते दिउँसो ३ बजेदेखि ४ बजे समयसम्म मतदाता नामावली प्रकाशन गर्ने, ४ बजेदेखि साढे ४ सम्म मतदाता नामावलीविरुद्ध दाबी विरोध गर्ने, साढे ४ देखि ५ बजेसम्म मतदाता नामावली दाबी विरोधको जाँचबुझ गर्ने र ५ देखि साढे ५ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी फागुन २८ गते बिहान ८ देखि ११ बजेसम्म उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने, १२ देखि १ बजेसम्म उमेद्वारको प्रथम नामावली प्रकाशन गर्ने, १ देखि साढे १ बजेसम्म उमेद्वारमाथि दाबी विरोध गर्ने, २ देखि ३ बजे उमेद्वारको मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गरी नामावली प्रकाशन गर्ने, ३ देखि ४ बजेभित्र उमेद्वारले आफ्नो नाम फिर्ता लिन सक्ने र साढे ४ देखि साढे ५ भित्र उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।
महासंघका अनुसार फागुन २९ गते आइतबार बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान हुने छ। मतदान सकिएपछि मतगणना शुरु हुने र मतगणना सकिएसँगै मतपरिणाम घोषणा गरिने महासंघले जनाएको छ। महासंघका अनुसार विजयी घोषणा पछि शपथ ग्रहणका कार्यक्रम गरिने छ।
.jpg)