काठमाडौं। पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवर्द्धन मञ्च ‘भिटोफ’ र घरबास कार्यक्रम ‘होम स्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुनेभएको छ।
भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौंमा हुने भएको हो। त्यसैगरी होम स्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने भएको छ।
भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जानकारी दिए।
अघिल्लो वर्ष हुनुपर्ने भिटोफको साधारणसभा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।
होम स्टेको केन्द्रीय महाधिवेशनको मिति घोषणा भइ अधिवेशनको आवश्यक तयारीमा जुटेको संस्थाले जनाएको छ ।