काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताएकी छन्।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताएकी हुन् ।
विश्वका अधिकांश देशमा एमसीसी लागू भएको तर नेपालमा सार्वभौमिकताको कुरा उठाएर चिन्ता लिनु आवश्यक नभएको उनको भनाई छ । मन्त्री झाँक्रीले एमसीसी संसदमा छलफल भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारिन्।