काठमाडौं। नेपाली बजारमा डन्डीको मूल्य अहिलेसम्मकै उच्च भएको छ। बिलेट, कोइलालगायतको मूल्य बढ्दा डन्डीको मूल्य ह्वात्तै बढेको हो।
काठमाडौं उपत्यकामा डन्डीको उपभोक्ता मूल्य बढेर अधिकतम प्रति केजी १३५ रुपैयाँ पुगेको छ। गत साता काठमाडौं उपत्यकाको बजारमा उपभोक्ताहरुले १०८ रुपैयाँ सम्म थियो। गत कात्तिकमा काठमाडौं उपत्यकामा डन्डीको उपभोक्ता मूल्य न्यूनतम १०७ देखि अधिकतम ११३ रुपैयाँसम्म थियो।
गत साताको तुलनामा बिलेटको मूल्य करिब १०० अमेरिकी डलरले उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार बिलेटको मूल्य ७७० अमेरिकी डलर पुगेको छ। बिलेटको मूल्य गत साता ६६० अमेरिकी डलर हाराहारी थियो।
मंगलबार विभिन्न ब्राण्डका डन्डीहरुको उपभोक्ता मूल्य काठमाडौंमा अधिकतम विन्दुमा उक्लिएको उद्योगीहरुले बताएका छन्।
बिलेट, कोइला तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर डन्डी उत्पादनमा परेको हो।