काठमाडौं। रामेछाप जिल्लाको तामाकोसी नदीमा र्याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको छ। पर्यटन प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्लाको लिखुतामाकोसी गाउँपालिका–७, हल्देबेँसीदेखि मन्थली नगरपालिका–१, आकाशेसम्म र्याफ्टिङ सेवा सञ्चालनमा ल्याईएको हो।
विगतका वर्षहरूमा पनि सञ्चालनमा आएर बन्द भएको सेवा नेपाल रिभर रनर र सेन्ड फ्लाई टुर्स एन्ड ट्राभलले संयुक्त रूपमा पुनः सञ्चालनमा ल्याएको हो। विगतका वर्षहरूमा सञ्चालन आएर बन्द भएको र्याफ्टिङ शनिबारबाट नियमित रूपमा सुरु गरिएको र्याफ्टिङ सेवा रामेछापले जनाएको छ। अहिले हल्देबेँसीदेखि मन्थलीका आकाशेसम्म दुईवटा बोटमार्फत र्याफ्टिङ सेवा सञ्चालन भइरहेको छ। एक पटकमा दुईवटा बोटमा १८ जनासम्म सवार गर्न सकिने छ।
हल्देबेँसीदेखि जिल्ला सदरमुकामसमेत रहेको मन्थली आकाशेसम्म डेढ घण्टा र्याफ्टिङ गर्न एक जना बराबर एक हजार रुपियाँ शुल्क तोकिएको बताइएको छ। र्याफ्टिङमा पर्यटकको आकर्षण बढ्दै गएसँगै यस क्षेत्रको आर्थिक पक्ष पनी मजबुत बन्दै गएको बताइएको छ।