काठमाडौं। भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेको छ। भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले काठमाडौ दिल्ली रुटमा दैनिक दुई उडान गर्ने भएको हो।
नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको छ। नेपाल वायुसेवा निगमका अनुसार १४ मार्चबाट यो रुटमा दैनिक दुई उडान हुनेछ।
अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन्। नेपालबाट भने निगमले भारतमा मात्र उडान गर्दै आएको छ।