काठमाडौं। मोटरपुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अलपत्र बनाएपछि स्थानीय मिलेर निर्माण गरेका छन्। २ करोड लागतको पक्की मोटरपुल अलपत्र बनाएपछि स्थानीयले काठको पुल निर्माण गरेका हुन्।
मनाङ ङिस्याङ गाउँपालिका सब्जे खोलामा राखिएको काठेपुल जिर्ण भएसँगै मनाङ ङिस्याङ गाउँपालिकाले आफैं निर्माणमा लागेका हुन्। पुल जिर्णबन्दै गएपछि आवतजावतमा आफ्नो ज्याननै जोखिम मोलेर हिड्न बाध्य भएका सर्वसाधारण पुल बन्ने खबरले खुसि भएका थिए। तर, निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अलपत्र बनाएपछि उनिहरु आफै मिलेर पुल बनाएका बताएका छन्।
उक्त पुल निर्माणको जिम्मा द क्याराभान कन्सल्टेन्सीले पाएको थियो। दुई करोडको लागतमा जिम्मा लिएर काम अलपत्र बनाएपछि स्थानीय मिलेर काठको पुल निर्माण गरेका हुन्। उक्त पुलले माथिल्लो मनाङलाई सवारी आवगमनमा सहज बनाएको छ।