काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतापछि देश विकास हुनुका साथै रोजगारीका अवसर बढाउने बताएका छन्।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताले देशलाई फाइदा हुने बताएका हुन्।
उनले एमसीसी सम्झौता अनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने दाबी गरेका छन्। प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन्।
एमसीसीबाट आउने रकम ऋण नभई अनुदान रहेको उनलेले स्पष्ट पारेका छन्।
काँग्रेस सभापति समेत रहेका देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन्।