काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको सह–कोषाध्यक्षमा सन्तोष साहले उमेदवारी दिने घोषणा गरेका छन्। महासंघका सदस्य रहेका आश्रय निर्माण सेवा प्रा.लि का सञ्चालक साहले १२ औं अधिवेशनमा सह कोषाध्यक्षमा उमेदवारी दिने भएका हुन्।
साह सँगै केही महिलासहित ७ जनाले सह कोषाध्यक्ष पदका लागि उमेदवारी दिने भएका छन्। तर हालसम्म साह बाहेक अन्य कसैले पनि सार्वजनिक रुपमा उमेदवारी घोषणा भने गरेका छैनन्।
साहले साना ठूला सबै व्यवसायीहरुले समान व्यवहार पाउनुपर्ने, कुनै पनि निर्माण व्यवसायी बेरोजगार हुन नदिन, सबैले सहज रुपमा काम गर्ने वातावरण तयार गर्न आफू महासंघको सह कोषाध्यक्ष हुनु पर्ने बताए। उनले निर्माण व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधानका लागि महासंघमा आफ्नो आवश्यकता रहेको दाबी गरेका छन्।
महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन आजदेखि शुरु हुँदैछ। २९ गते आइतबार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।