काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्गको आज निर्वाचन हुदैछ। महासङ्गको १२ औं अधिवेशनबाट नया नेतृत्व चयनका लागि आज प्रज्ञा प्रतिष्ठान कमलादिमा बिहान ८ बजेदेखि निर्वाचन सुरु हुने भएको हो।
आज बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्म मतदान हुने महासङ्गले जनाएको छ। मतदानका लागि देशभरबाट शुक्रबार नै प्रतिनिधि मतदाताहरु काठमाडौं आइसकेका छन। मतदान सकिएपछी मत गणना सुरु हुने बताइएको छ। मतगणना सकिएसगै मतपरिणाम सार्वजनिक गर्ने र सोही अनुसार सपथ ग्रहण र पदभारका कार्यक्रम गरिने महासङ्गले जनाएको छ।
महासङ्गको २३औं साधारणसभा र १२ औं अधिवेशनको शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरि सुरु गरिएको थियो।