काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको मतदान शुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा महासंघको नयाँ कार्यसमिति एवं सदस्यहरुको चयनका लागि मतदान शुरु भएको हो।
बिहान ८ बजेदेखि मतदान शुरु गर्ने कार्यतालिका भएपनि ३ घण्टा ढिलो गरि मतदान शुरु भएको हो। मतदान सकिएपछि मतगणना शुरु गर्ने महासंघले जनाएको छ।
महासंघको २३ औं साधारणसभा एवं १२ औं अधिवेशन शुक्रबारदेखि शुरु भएको छ। मतदानका लागि देशभरबाट प्रतिनिधि मतदाताहरु शुक्रबार नै काठमाडौं आएका छन्।