काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको मतदान जारी छ। महासंघको नयाँ कार्यसमिति चयनका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेदेखि मतदान शुरु भएको हो।
बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान ३ घण्टा ढिलो गरी शुरु भएको थियो। मतदानका लागि देशभरबाट प्रतिनिधि मतदाता शुक्रबार नै काठमाडौं आएका छन्। निर्वाचनमा निकोलस पाण्डे र वर्तमान अध्यक्ष रवि सिंहको प्यानल घोषणा भएको छ भने अध्यक्ष पदका उमेदवार हुमनाथ कोइरालाले प्यानल घोषणा गरेका छैनन्।
मतदान सकिएसँगै आज नै मतगणना गरि मत परिणाम सार्वजनिक गरिने महासंघले जनाएको छ। महासंघको २३ औं साधारणसभा एवं १२ औं अधिवेशन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी शुरु भएको थियो।