मनाङ । अवरुद्ध भएको तीन महिनापछि माथिल्लो मनाङ जोड्ने सडक सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण अवरुद्ध बनेको मनाङ सडक तीन महिनापछि आइतबारदेखि सञ्चालनमा आएको हो ।
चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि आइतबारदेखि सञ्चालनमा आएको हो ।
भ्राताङ भीरको सडक मर्मत भएपछि मनाङको भ्राताङदेखि खाङसारसम्मको सडक सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनले
बेंशीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भइरहेको र त्यो पनि अब एक सातामा नै सञ्चालनमा आउने जानकारी दिए ।