काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका नवर्निवाचित अध्यक्ष रवि सिंहले १७ हजार निर्माण व्यवसायीको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनपछि सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले आफूलाई विश्वास गरेका निर्माण व्यवसायी र आफ्नो पनि शिर झुक्ने काम नगर्ने बताएका हुन्।
उनले भने, ‘मलाई विश्वास गरेर दोस्रो कार्यकालका लागि पनि निर्वाचित गरिदिनु भएको छ। देशभरबाट प्रतिनिधि भएर आउनु भएका मतदाताहरुले मेरा एजेण्डालाई अनुमोदन गरिदिनु भएको छ। म तपाइँहरु सम्पूर्ण र देशभरका हिमालm पहाडm तयाईका १७ हजार निर्माण व्यवसायीको शिर झुक्ने काम गर्दिन। म मेरो पनि शिर झुक्ने काम गर्दिन। यो मेरो प्रतिबद्धता भयो।’
उनले आफूसँगै निर्माण व्यवसायीको हक र हितका लागि लागेको भन्दै निर्माण व्यवसायीलाई समस्या पर्ने काम विरुद्ध सँधै खडा हुने, निर्माण व्यवसायीको समस्या आफूलाई स्वीकार्य नहुने बताएका छन्।
अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन पारित भएको ७२ घण्टा बितिसक्दा पनि राजपत्रमा प्रकाशित नहुनुमा धेरै कुराको शंका रहेको बताएका छन्। उनले ११ औं संशोधन चाँडै राजपत्रमा प्रकाशित गर्न र कार्यान्वयमा ल्याउन सरकारलाई आग्रह पनि गरेका छन्।