काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको कार्यालय आज बन्द गरिएको छ।
महासंघको साधारण सभा एवं निर्वाचन सम्पन्न भएपश्चात सचिवालयका कर्मचारीहरुलाई बिदा दिनुपर्ने भएकाले आज महासंघ कार्यालय बन्द रहने महासंघ सचिवालयले जनाएको छ।
महासंघको २३ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट आइतबार निर्वाचन भएको थियो। आइतबार भएको मतदानबाट निर्वाचित कार्यसमितिका सदस्यहरुले आइतबार सपथ ग्रहण गरेका थिए।
सोमबार सपथ ग्रहण भएसँगै सचिवालयका कर्मचारीलाई बिदा दिनका लागि चैत १ गते आज महासंघ कार्यालय बन्द गरिएको महासंघको सचिवालयले जानकारी दिएको हो।