काठमाडौं। नेपाली कांग्रेसले एमसीसीका बारेमा आम जनतामा परेको भ्रम चिर्न पुस्तिका तयार गरेको छ।
संसदबाट आफू नेतृत्वको सरकारको पहलमा एमसीसी पारित भएपछिको अवस्थामा अझै पनि यसलाई लिएर विभिन्न अन्यौलहरु रहेको भन्दै कांग्रेसले स्थानीय तहसम्मका नेता कार्यकर्ता मार्फत प्रष्ट्याउने प्रयोजनका लागि पुस्तिका तयार गरेको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले ‘एमसीसी अनुदान सहायता सम्झौताः भ्रम र यथार्थ’ नामक पुस्तिका तयार पारेर पार्टीका तल्लो तहसम्म वितरण गरेको छ। पुस्तिकामा एमसीसीलाई लिएर उत्पन्न अन्यौल तथा भ्रम र यसका अथार्थहरु प्रष्ट पार्ने प्रयास गरिएको कांग्रेसले गरेको छ ।
पुस्तिकमा एमसीसीबारे जारी अन्यौललाई टेकेर आफ्नो राजनीतिक मैदान खोज्ने र स्वार्थको रोटी सेक्ने प्रवृति कायम रहेको अवस्थामा तथ्यहीन बहस गरी कांग्रेस विरोधी जनमत ल्याउन खोजिने भएकाले स्पष्ट पार्न भ्रम चिर्ने गरी जानकारी समेटिएको उल्लेख छ ।
केही साना बाहेक सबै प्रमुख दलहरुको एमसीसी ल्याउनु र पारित हुनुमा प्रत्यक्ष परोक्ष भूमिका रहेको र यसको कार्यान्वयनमा पनि प्रतिवद्ध रहेको सो पुस्तिकामा छ । संसदमा नाराबाजी गरे पनि एमाले एमसिसीको पक्षमा रहेको र उसले पनि कार्यान्वयनमा जोड दिएको भन्दै कांग्रेसले एमसीसी आफ्नो प्रयासमा मात्रै आएको भन्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
पुस्तिका