काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन्। लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले गाउँबाट सहरतिर बसोबास बढनु सहरीकरणका लागि चुनौती थपिएको बताएकी हुन्।
उनले यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी छन्। मन्त्री झाँक्रीले पहाडबाट तराईतिर, साना सहरबाट ठूला सहरतिर बसाइँसराईको क्रम बढनु चुनौती रहेको बताउँदै जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसराईको अवस्था एकदमै डरलाग्दो रहेको बताइन् । बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै यसका लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको र सरकारका संयन्त्रले एक्लाएक्लै काम गर्छौं भन्ने सोच बदल्न आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने बताए।