काठमाडौं। नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४औँ बैठक सम्पन्न भएको छ। फागुन २५ देखि ३० गतेसम्म नेपालमा आयोजना भएको बैठक सम्पन्न भएको हो।
बैठकका क्रममा नेपाल–भारत संयुक्त टोलीले सीमा क्षेत्रको भ्रमण समेत गरेको छ। बैठकमा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले नेपालको नेतृत्व गरेका थिए भने भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंहले नेतृत्व गरेका थिए। दुई देशबीच सोमबार माइन्युटमा हस्ताक्षर भएको भारतीय राजदूतावासले जनाएको छ ।
समितिले सीमा क्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको छ । फाल्गुण २५ देखि २८ गते सम्म टोलीले स्थलगत भ्रमण गरेको थियो । दुई देशबीच बाढी तथा डुबानसम्बन्धी संयुक्त समितिको यो नियमित बैठक हो ।