काठमाडौं। नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ५ रुपैयाँ बढाएको छ ।
पेट्रोलियम पदार्थको नयाँ मूल्य बुधवार मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । इन्डियन आयल निगमले इन्धनको मूल्य बढाएर पठाएपछि निगमले मूल्य समायोजन गरेको हो ।
भारतीय आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ तथा डिजेल र मट्टितेल १३८रुपैयाँ कायम भएको छ ।