काठमाडौं। कोभिडका कारण बन्द गरिएको मनकामना मन्दिर दुई वर्षपछि खुला गरिएको छ। मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ मनकामना, मन्दिरका पुजारी, स्थानीयवासीको समन्वयमा मन्दिरभित्रै पूजा गर्ने व्यवस्था गरिएको हो।
मन्दिर पुनर्निर्माण गरेर तयार भएपछि कोरोना संक्रमण सुरु भएको थियो। संक्रमणविरुद्ध सतर्कताका लागि दर्शनार्थीलाई भित्रै पसेर पूजा गर्न रोक लगाएको थियो। बिहीबारदेखि भक्तजनले मन्दिरभित्रै प्रवेश गरी पूजाआजा गर्न पाउनेगरी खुला भएको बताइएको छ।
यस अघि स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै मन्दिरको ढोका बाहिरबाट दर्शन गर्ने व्यवस्था मिलाइएको थियो। निषेधाज्ञा सुरु भएको दुई वर्षपछि र खुलेको एक वर्षपछि भित्रै प्रवेश गर्ने व्यवस्था पुनः सुरु भएको हो।