काठमाडौं। राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। वैशाखभित्र यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गर्ने योजना रहेको विमानस्थलको काम ९३ प्रतिशत पूरा भएको हो।
विमानस्लथको अब डेकोरेसन, फिनिसिङ लगायतका केही काम मात्र बाँकी छन् । रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर निर्माण भइसकेका छन् । टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने एउटा विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) पनि जडान भइसकेको छ ।
कोरोना संक्रमणका कारण विमानस्थल निर्माणको समय १ वर्ष थपिएको थियो । जसअनुसार असार मसान्तभित्र सक्नुपर्ने समयसीमा छ तर अधिकांश काम सकिए पनि आन्तरिक समस्या समाधानका काम अझै हुन भने सकेको छैन । विमानस्थल सञ्चालन अघि नजिकै पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटान गर्नुपर्नेछ ।