रसुवा। असारमा गएको पहिरोको कारण अवरुद्ध भएको रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थान-घुम्ती-जिबजिबेको सडक नियमित भएको छ। नौकुण्ड जाने उक्त सडक धोविखोलामा अवरुद्ध हुँदा स्थानीयलाई आवतजावतमा समस्या भइरहेको थियो।
कालिका गाउँपालिकामा वर्षेनि बर्षातको समयमा पहिरोले सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका कृषिजन्य सामाग्रि पुर्याउन साथै दैनिक उपभोग्य सामान ढुवानी गर्न स्थानीयलाई समस्या हुने गरेको छ। चाडपर्ब नजिकिएको बेला सडक मर्मत गरी नियमित हुन थालेपछि गाउँको उत्पादन बजार पुर्याउन र दैनिक उपभोग्य सामाग्री ढुवानीमा सहज भएको त्यहाँको स्थानीयको भनाई रहेको छ।