काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्र भएको छ। गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्र भएको हो।
एक हजार १५० मिटर सडक कालोपत्र गरिएको गाउँपालिकाले जनाएको छ। मोटरमार्ग कालोपत्र नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो। मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ। मोटरमार्ग कालोपत्र भएसँगै नयाँबस्ती, झिरुबास, हटियालगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन्।
कालोपत्र भएको मोटरमार्गको शनिबार गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शुभारम्भ गरेकी हुन्। सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताइएको छ।