गलेश्वर। म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक बाढी र पहिराका कारणठाउँ ठाउँमा भत्किएर हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न समस्या भएको छ।
बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ। सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ, जसले गर्दा कतिले अकालमा आफ्नो ज्याननै गुमाउन् परेको छ भने कतिपय सडकमा पोखरी बनेकोले स्थानीयलाई हिडडुल गर्न समेत समस्या भएकोछ।
प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ । यस क्षेत्रका कतिपय सडकमा थोरै पानि परेपनि मान्छेनै हिड्न नसक्ने गरि हिलाम्य हुने गरेको स्थानीयको गुनासो रहेको छ। बेनी–भकुण्डे सडकमा सवारीसाधन चल्न थालेको १३ वर्ष भयो । तर उक्त सडकको स्तरोन्नति अहिलेसम्म हुन सकेको छैन। उक्त सडकको अवस्था झनै नाजुक रहेको छ।
विसं २०६५ मा सञ्चालनमा आएको उक्त सडक साढे सात किलोमिटर लामो सो सडक मर्मतका लागि अहिलेसम्म रु एक करोड खर्च भइसकेको छ। स्थानीयका अनुसार सो सडक दिनदिनै बिग्रिदै गएको छ। पानी नपर्दामात्र सञ्चालन हुने सो सडकमा हालसम्म जीप र मोटरसाइकलबाहेक अन्य ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
बर्षायाममा अत्याधिक पानीपर्ने भएको कारणले गर्दा सडकहरु हिलाम्य भई आवतजावतमा समस्या भएको स्थानीयले बताए। मर्मत सम्भारका लागी ठेक्का लीएका ठेक्दारहरुले पनि समयमा काम नगर्दा यस्तो सास्ती खेप्नु परेको स्थानीको गुनासो रहेको छ।