काठमाडौं। काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाका लागि करारमा कर्मचारीको माग गरेको छ। सो सडक आयोजना जंगी अड्डाले आइतबार एक सूचना जारी गर्दै चार जना इन्जिनियरसहित ६ जना कर्मचारी माग गरेको हो।
उक्त आयोजनाका लागि दुई जना ब्रिजस्ट्रक्चर डिजाइन इन्जिनियर, दुई जना टनेल इन्जिनियर र दुई जना हेरालु माग गरेको हो। खुल्ला प्रतिष्पर्धाबाट करार सेवामा नियुक्ति गर्नका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन सक्ने आयोजनाले जनाएको छ।
