वाग्मती। तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भारको काम सुरु गरिएको छ। आउदै गरेका चाडपर्वलाई मध्येनजर गरेर मर्मत सम्भारको काम सुरु गरिएको हो।
सडक डिभीजन कार्यालय हेटौँडाका अनुसार मकवानपुर, बारा र पर्सामा सडक मर्मतको काम सुरु गरिएको छ। उक्त कार्यालयको कार्यक्षेत्र पनि यीनै तिन वटा जिल्लामा पर्दछ। संघिय सरकारको लगभग एक करोडको लागतमा सडक मर्मत सम्भारको काम सुरु गरिएको कार्यालयले जनाएको छ।
अन्य सडक र पुल निर्माण तथा मर्मतको काम समेत जारी राखेकोउक्त कार्यालयले यस सडकको मर्मत सम्भारको काम भने आगामी दश दिन भित्रमै सम्पन्न गर्ने कार्यालयले बताएको छ। सडक बिग्रेको कारणले आवातजावातमा समस्या भोग्दै आएका स्थानीय सडक मर्मत हुदा खुसी भएका छन्।
गत आर्थिक वर्ष ०७७।०७८ मा बारा र पर्सामा आठ वटा पक्की पुल समेत निर्माण भएका छन, जसले गर्दा सर्वसाधारणले सहज रुपमा आउजाउ गर्न सक्ने वातावरण सिर्जना भएको छ।