मोरङ । मोरङको उत्तरी क्षेत्र किसानचोक–टाँढी–रमिते बहुवर्षे सडक आयोजनाको ७ किलोमिटर क्षेत्र कालोपत्रे शुरु भएको छ ।
कोरोनाका कारण रोकिएको प्रदेश १ सरकारको प्राथमिकताको आयोजनाको रुपमा रहेको यो सडकको कालोपत्रे पुन शुरु गरिएको हो ।
यहि असोज मसान्तसम्ममा २० किलोमिटर कालोपत्रे गर्ने गरी ५८ करोड लागतमा उक्त सडक निर्माण शुरु गरिएको थियो । तर, कोभिडका कारण सडक निर्माणको काम पछाडि धकेलिएको हो ।
बजेटको व्यवस्थापन हुन नसक्दा तत्कालका लागि २० किलोमिटर क्षेत्रमै कालोपत्रे गर्ने काम भने असम्भव भएपछि ७ किलोमिटर मात्र कालोपत्रे गर्न लागिएको हो। बजेटको व्यवस्था हुनेवित्तिकै कालोपत्रे गर्ने क्षेत्र बढ्ने बताइएको छ । कालोपत्रे सुरुवात भएसँगै सोमबार सडक विभागले अनुगमन गरेको छ ।