काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन्।
काठमाडौँमा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला दलले गर्न नसकेको काम राप्रपाले पाँच वर्षमा गर्ने बताएका हुन्।
उनले एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित हुँदै यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध गर्न नसकेको आरोप लगाए । देश विकास र समृद्धिका लागि राप्रपालाई पाँच वर्षको समय पर्याप्त हुने उनको भनाइ छ ।
उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्याइदिन जनतासँग आग्रह समेत गरे । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको उनको भनाइ छ ।