काठमाडौं। नेपाल र चीन सरकारबीच विभिन्न विषयमा सम्झौता भएको छ।
सिंहदरबारमा शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी सहितका दुवै देशका प्रतिनिधिबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणका विषयमा समझदारी भएको छ ।
त्यसैगरी नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्ने लगायतका विषयमा पनि समझदारी भएको छ।
त्यसैगरी सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ यी र परारष्ट्रमन्त्री खड्काबीच दुईपक्षीय सम्बन्धमा विषयमा छलफल भएको थियो ।