काठमाडौं। शिवम सिमेन्ट लिमिटेडले चरिकोटमा ‘ग्राहक अन्तरक्रिया’ कार्यक्रम सञ्चालन गरेको छ। सिमेन्टले चरिकोटमा निर्माण कार्य गरिरहेका ग्राहकसँग अन्तर्क्रिया कार्यक्रम गरेको हो।
कार्यक्रममा निर्माणसम्बन्धी विभिन्न निकायका प्रतिनिधिहरु र ४० जना ग्राहकहरुको उपस्थिति रहेको थियो। चरिकोट स्थित होटल एम्ब्रोसियाको हलमा संचालित उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापि विभाग निमित्त प्रमुख, भवन तथा पुनर्निमाण कार्यलयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिन सहितको उपस्थिति थियो ।
कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले भवन निर्माण प्रक्रिया, निर्माण पूर्वग्राहकहरुले सम्बन्धित निकायबाट लिनुपर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।
निर्माण कार्य गरिरहेका ग्राहकहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।