काठमाडौं। करिब २ वर्षदेखि रोकिएको काठमाडौं–मुम्बई उडान पुनः शुरु भएको छ। कोरोना भाइरसका कारण रोकिएको उडान नेपाल वायुसेवा निगमले पुनः आइतबारदेखि शुरु गरेको हो।
साताको तीन उडान गर्ने गरी निगमले उडान शुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड–१९ पछि नेपाल–भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो ।
भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ।