काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन्।
मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा मन्त्री झाँक्रीले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताएकी हुन्।
सरकारले भूकम्पछि सरकारले एकीकृत वस्तीको योजना बनाएर वस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको उनको आरोप छ।
उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत वस्ती निर्माणको काम अघि बढाएको थियो, तर प्रभावकारी प्रयोग देखिएन।’
मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै मन्त्री झाँक्रीले एकीकृत वस्ती निर्माण गरिए पनि प्रभावकारी बन्न नसकेको बताइन्।