रौतहट । राजदेवी नगरपालिकाको एउटा दलित बस्ती अझै पनि विद्युत र सडकबाट बञ्चित छ । विश्व कहाँ पुगिसक्दा पनि यहाँका मानिसले अझै पनि सामान्य बाटो र बिजुली बत्तिको रुप कस्तो हुन्छ देख्न समेत पाएका छैनन।
राजदेवी नगरपालिका–९ बह्मपुरीमा अवस्थित २२ घर परिवार बस्ने यो बस्तीमा राम्रो सडक र बिजुली बत्ति नहुँदा साँझ पर्नासाथ घरभित्र पस्नुपर्ने र घाम हुँदै सबै काम सक्नु पर्ने समस्या अझै उस्तै छ । यहाँका नागरिक राति हुँदा अँध्यारो खेप्छन् भने वर्षायाममा गाउँ नजिकैको विद्यालयमा गएर बस्छन् ।
वर्षायाममा यो पुरै बस्ती डुबानमा पर्छ । यहाँको विकासको बारेमा जनप्रतिनिधि कसैले पनि चासो नदिँदा २२ दलित घरपरिवार पीडा खेप्न बाध्य छन् ।